
बुटवल । भारतबाट आएर बुटवलको एक होटेलमा बसेका तीन जना भारतीय नागरिकमा कोरोना पुष्टि भएको छ । कामको लागि साउन सात गते नेपाल आएर बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा बसेका उनीहरुमा आज कोरोना पुष्टि भएको हो ।
उनीहरु तीनै जना बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने कामदार रहेको बताइएको छ । उनीहरुको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको छ ।
साथै उक्त होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई पनि क्वारेन्टाइनमा पठाइएको छ ।












