नेकपाका तीन गुटमध्ये आफू कुनै पनि गुटमा नरहेको उपाध्यक्ष गौतमको दाबी


काठमाडौँ । केही समय अघि प्रधानमन्त्रीले केपी शर्मा ओलीले दुबै पदबाट राजिनामा दिनुपर्छ भन्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतम केही समय यता  भने मौन छन् । पछिल्लो समय पाटीभित्रको विवाद मिलाउने भन्दै ६ बुँदे प्रस्ताव ल्याए देखि उनी मौन भएका हुन ।

पार्टी पार्टीभित्रको गुटमध्ये एक मानिएका गौतमले शुक्रबार प्रेस नोट जारी गर्दै आफू कुनैपनि गुटमा नभएको दाबी गरेका छन् ।

उनले भने,’अहिले हाम्रो पार्टीभित्र देखापरेका अन्तर्विरोध हल हुन नसक्दा तीन वटा विचार समूह बनेका छन्।  यी समूहसँग क.केपी ओली, क.पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क.माधवकुमार नेपाल जोडिनु भएको छ,उनले भनेका छन् । म समूहगत रूपमा यी कसैसँग जोडिएको छैन र जोडिन पनि चाहन्नँ। तर क। ओली र क। प्रचण्डले भेट्न बोलाउँदा म जाने गरेको छु। सल्लाह सुझाव र राय पनि दिने गरेको छु। मैले आफूलाई स्वतन्त्र राख्ने कोशिस पनि गरेको छु पछिल्लो पटक मैले पार्टीमा राखेको ६ बुँदे प्रस्ताव त्यसकै एउटा उदाहरण हो।’

उपाध्यक्ष गौतमले ‘पार्टी अध्यक्ष’ भनेको केवल व्यक्तिमात्र नभई पार्टीभित्रको सर्वस्वीकार्य संस्था भएको भन्दै त्यसैकारण पार्टी अध्यक्षहरु दुवै वा एक्लै वहाँहरुले बोलाउँदा आफूले भेट्ने गरेको दावी गरे ।

‘मैले समय–समयमा भेट गरेको बेला क. ओलीकै अगाडि वहाँलाई गम्भीर आलोचना गर्ने गरेको छु । क. प्रचण्डलाई पनि वहाँकै अगाडि वहाँको आलोचना गर्ने गरेको छु’, उपाध्यक्ष गौतमले भनेका छन् ।

उनले पार्टी अध्यक्ष दुवै वा एक्लै बोलाएको बैठक वा भेलालाई आफूले गुट नमान्ने र आफूलाई यो वा त्यो गुटसँग सम्बन्धित नगराउन पनि अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार