पपुवा न्यु गिनीलाई पराजीत गर्दै नेपालले जित्यो टी-२० श्रृंखला

सन्दीप लामिछानेको कप्तानीमा नेपालको पहिलो उपाधि 

 

काठमाडौँ । नेपालले त्रिकोणात्मक ट्वान्टी-२० शृंखला जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनल खेलमा पपुवा न्यु गिनी ९पीएनजी० लाई ५० रनले पराजित गर्दै नेपालले उपाधी चुमेको हो । सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिएको नेपालले उत्कृष्ट खेल खेल्यो । सन्दीपको कप्तानीमा यो पहिलो उपाधी नेपालले जितेको हो ।

खेलमा दीपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन खुबै प्रसंशा गर्न लायक रह्यो । उनले उत्कृष्ट बलिङ गर्दै ४ विकेटमा १ सय ६९ रनको लक्ष्य पीएनजीले पाएको थियो । तर पीएनजी १६।१ ओभरमा १ सय १८ रनमै अलआउट भयो । दीपेन्द्रले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए ।

करणले ३ ओभरमा २७ रन खर्चेर ३ बनाए । कप्तान सन्दीपले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सेसे बाउले पीएनजीबाट सर्वाधिक ५९ रन बनाएका थिए । ओपनर कुशल भुर्तेलले २२ बलमा २५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहित पौडेल २ रनमै आउट भए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार