रुसले तयार गरेको कोरोनाविरुद्धको खोप केहीदिनमै प्रयोगमा ल्याइने, खोपको सुरक्षामा चिन्ता गर्नु आधारहीन भएको दाबी


रुस । कोरोनाविरुद्धको खोप निमार्ण गरेको रुसले खोपको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय रूपमा गरिएका चिन्ताहरु आधारहीन भएको दाबी गरेको छ । आफूले परीक्षण गरेर लामो अध्ययन अनुसन्धानपछि खोप निमार्ण गरेको भन्दै यस्ता चिन्ताहरु बिल्कुलै आधारहीन भएको उसको दाबी छ ।

रुसले कोरोना विरुद्धको खोपलाई स्वीकृति प्रदान गरिसकेको छ । रुसले बनाएको उक्त खोप दुई महिनाभन्दा कम समय मात्रै मानिसहरूमा परीक्षण गरिएको थियो।

विज्ञहरूले रुसले यति चाँडै खोप बनाएकोप्रति सन्देह व्यक्त गरिरहेका बेला जर्मनी, फ्रान्स, स्पेन र अमेरिका सबैले यो खोपलाई लिएर सतर्क रहन अनुरोध गरेका छन् ।

यो विषयलाई लिएर रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले बुधबार हाम्रा विदेशी मित्रहरूलाई रुसी औषधि प्रतिस्पर्धामा अगाडि जाने कुराको फाइदाबारे जानकारी भयो भन्दै आधारहीन कुरा गरिएको बताएको कुरा बीबीसीमा उल्लेख गरिएको छ ।

रुसी समाचार एजेन्सीका अनुसार उनले खोप चाँडै नै उपलब्ध हुने बताएका छन् । आउँदो दुई सातामै खोपको पहिलो खेप आउने र त्यो सुरुमा चिकित्सकहरूलाई दिइने जानकारी दिए।

रुसी अधिकारीहरूले आगामी अक्टोबरदेखि ठूलो सङ्ख्यामा मानिसहरूमा खोप लगाउन सुरु गरिने योजना रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार