
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको अगुवा गाडीले स्कुटरलाई ठक्टर दिँदा दुई जना घाइते भएका छन् । मंगलबार बिहान मन्त्री थापालाई लिन हिँडेको स्कर्टिङको अगुवा गाडीले सिंहदरबारको पश्चिम गेटनजिक बा ९४ प १०२५ नम्बरको स्कुटरलाई ठक्टर दिँदा स्कुटरमा सवार दुई जना घाइते भएका हुन् ।
ठक्कर दिने नेपाल प्रहरीको बा१झ ५५९४ नम्बरको जीप प्रहरी वृत्तमा राखिएको छ । स्कुटरमा सवार नुवाकोटकी २३ वर्षीया लीला थापा र २७ वर्षीया सुजा थापाको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।








