
भारत । आजादीका पिता भनेर चिनिने भारतका महात्मा गान्धीको चश्मा २ करोड ५५ लाख भारतीय रूपैयाँमा लिलाम भएको छ। उक्त चश्मालाई एक अमेरिकी लिलामी एजेन्सी इस्ट ब्रिस्टल अक्सनले किनेको हो । अक्सनले आफूलाई सो चश्मा अगस्ट ३ मा एउटा सादा खाममा प्राप्त भएको जनाएको छ।
एजेन्सीका एन्ड्रयू स्टोका अनुसार चश्माको लिलामीबाट १४ लाख बढी रक्म प्राप्त गर्ने आशा राखिएको थियो। चश्माका मालिक म्यानगाट्सफिल्डले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीसँग बाँड्ने बताएका छन्। गान्धीलाई यो चश्मा उनी दक्षिण अफ्रिकामा कार्यरत रहँदा उनका काकाले दिएको बिबिसीले उल्लेख गरेको छ ।












