नुवाकोटमा भेटिए भरतपुर अस्पतालबाट भागेका को रोना सं क्रमित


चितवन । मंगलबार बिहान चितवनको भरतपुर अस्पतालको आइसोलेसन वार्डबाट भागेका को रोना सं क्रमित नुवाकोटमा भेटिएका छन् । भागेको दुई दिनपछि उनी नुवाकोटको बेलकोट ५ मा भेटिएका हुन् ।

उनलाई स्थानीय प्रहरीले बुधबार बिहान सोही ठाउँबाट  नियन्त्रणमा लिएको छ । उनी चितवनबाट भागेर साइकलमा नुवाकोट पुगेका प्रहरीले जनाएको छ ।

उनलाई को रोना सं क्रमण पुष्टि भएपछि भदौ ६ गतेदेखि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार