
रौतहट । नदीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई प्रदेश सरकारले प्रति परिवार १ लाख सहयोग गर्ने घोषणा गरेको छ । ऋषि पञ्चमिको दिन रौतहटको गढीमाई नगरपालिका ६ स्थित बागमती नदीमा डुबेर मृत्यु भएका तीन जना बालिकाको परिवारलाई प्रति परिवार १ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको हो ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै राहत रकम घोषणा गरेका हुन् । चार दिन अघि नदीमा डुबेर मृत्यु भएका बालिकाको शव आजमात्रै भेटिएको छ ।
बागमती नदीमा डुबेर गढीमाई नगरपालिका ७ की १५ बर्षीया स्वचिता दास, ११ बर्षीया पिंकु र १० बर्षीया चञ्चल मुखियाको मृत्यु भएको थियो ।










