चितवनमा थप ५२ जनामा कोरोना पुष्टि


चितवन । चितवनमा २४ घण्टामा थप ५२ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज  प्रयोगशालमा गरिएको परीक्षणमा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार