
जाजरकोट । चिकित्सकमा कोरोना पोजिटिभ देखिएपछि अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् । जाजरकोटको जिल्ला अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएका हुन् ।
जाजरकोट अस्पतालका सबै चिकित्सक र स्वास्थ्यकर्मीमा बिहीबार कोरोना पुष्टि भएको हो । अस्पतालका अन्य कर्मचारीको भने रिर्पोट आउन बाँकी रहेको बताइएको छ ।










