नेपाल आइडलमा कसलाई लाग्यो कोरोना, पुरै टिम आइसोलेसन


काठमाडौं । नेपाल आइडलको पुरै टिम आइसोलेसनमा गएको छ । टिमका एकजनामा कोरोना संक्रमण भएपछि पुरै टिम आइसोलेन गएको हो । शुक्रबार राती एपिवान टेलिभिजनमार्फत सम्पन्न आइडलको ग्राण्ड फिनालेमा एक बिशेष सूचना जारी गर्दै आइडलको निर्माण टिमका एक सदस्यमा संक्रमण भएपछि पुरै टिमका सदस्यहरु आइसोलेसन गएको जानकारी दिइएको हो ।

आइडलका तिनैजना जजहरु न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी लगायत प्रतिस्पर्धीहरु प्रविन बेड्वाल, सज्जा चौलागाई र किरन कुमार भुजेल आइसोलेसन गएका छन् । तर, संक्रमण कसलाई भयो भन्नेबारे कुनै खुलाएको छैन् ।

आइडलको टिमका एकजनालाई संक्रमण पुष्टि भएपछि ग्राण्ड फिनाले नै प्रभावित भयो । विजेता घोषणा कार्यक्रममा तिनै जजहरु र तिनै प्रतिस्पर्धीहरु उपस्थित हुन पाएनन् । उनीहरुको उपस्थिती बिना नै टेलिभिजनमार्फत अन्नपुर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले विजेता घोषणा गरेका थिए ।

यस पटक उपाधी जित्दै पहिलो महिला आइडल सज्जा चौलागाई बन्न सफल भइन । उनले नगद ५० लाख पुरस्कार पाएकी छन् ।
त्यसैगरी आइडलको फस्ट रनर अप उपाधीका प्रमख दावेदार बर्दियाका प्रविन बेड्वाल भएका छन् । उनले नगद १० लाख पुरस्कर पाएका छन् । आइडलको सेकेण्ड रनर अप महोत्तरी बर्दिवासका किरन कुमार भुजेलले नगद ५ लाख पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार