
बसमै विश्वरका केहि सुन्दर देशहरुको यात्रा गर्दै लण्डनदेखि छिमेकी देश भारत आउन सकिन्छ होला र ?
सुन्दा अचम्म र असम्भव जस्तै लाग्ने यो कुरा भने साँचो हो ।
अबको केहि महिनामा बेलायतको लण्डनबाट भारतको दिल्लीसम्म बस यात्रा सुरु हुने भएको छ । एक अभियान कम्पनी, एडवेंचर्स ओवरल्याण्डले यो निकै लामो बस सेवा अँग्रेजी नयांबर्षदेखि सुरु गर्न लागेको हो ।
इण्डिया टुडेमा प्रकाशित समाचारका अनुसार संशोधित लक्जरी बसमा लगभग २० यात्रु दिल्लीबाट लण्डनको यात्रा गर्न सक्नेछन् । यो यात्राको दुई महिना बढी ७० दिनको हुने बताइएको छ । यात्राका क्रममा बसले १८ वटा देश पार गर्दै गन्तव्यमा पुग्नेछ ।
बसले यात्राका क्रममा म्यान्मारको पैगोडा, चीनको महान चाइना ग्रेडवाल संगै अन्य शहरहरुका धेरै स्थान हुँदै जानेछ ।
यात्रामा युरोपको मस्को, भिल्नीयस, प्राग्यु, ब्रसेल्स् र फ्रान्कट पनि समावेश रहनेछन् । यसका साथै कजाकस्तानमा अवस्थित क्यासपियन सीमा बसले क्रूजको यात्रा गर्ने समाचारमा उल्लेख छ।
त्यसपछि मात्रै बस चीनको गोबि मरुभूमि हुँदै ग्रेटवाल पुग्नेछ र त्यहाँ यात्रुहरुले हाइकिङ गर्न पाउनेछन् । लण्डनबाट हिडेको बस दिल्लीको अन्तिम गन्तव्य पुग्नुपूर्व यात्रुहरुले म्यान्मारमा रहेको आर्कषक पैगोडा पनि अवलोकन गर्ने मौका पाउनेछन् ।
यो बस सेवाको योजना उद्यमी तुषार अग्रवालले २०१० मै गरेका थिए । एडवेंचर्स ओवरल्याण्डको स्थापना अग्रवाल र संजय मदानले गरेका थिए ।
२०२१ को मध्यबाट सुरु हुने
एडवेंचर्स ओवरल्याण्डका सस्थापक अग्रवालले अन्तराष्ट्रिय समाचार एजेन्सी सिएनएनसंग कुर गर्दै दिल्लीबाट लण्डन बस सेवा २०२१ को मध्यबाट सुरु हुने बताएका छन् ।
यो यात्राको लागत २० हजार अमेरिकी डलर रहेको समेत उनले बताएका छन् । अग्रवालले यस बस यात्रालाई “जीवन बदल्ने यात्रा” बताएका छन् । यस यात्राका लागि पहिले नै ४० हजार यात्रुले पंजिकरण गरिसकेका छन् । यसअघि पनि १९६० को दशकतीर भारतको कलकत्तादेखि लण्डनसम्म बस सेवा भल्ने गर्दथ्यो ।

(१९६० को दशकतीर भारतको कलकत्तादेखि लण्डनसम्म जाने बसमा यात्रुहरु चढ्दै ।)










