
धनुषा । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि धनुषामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आइतबार बसेको जिल्ला प्रशासन कार्यालय धनुषाको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले आजबाट एक साताका लागि निषेधाज्ञा जारी गरेको हो ।
बैठकले आजराति १२ बजेबाट लागु हुनेगरी भदौ २१ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको बताइएको छ । निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन प्रशासनले सबैलाई आग्रह गरेको छ ।










