
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना विरुद्धको खोपलाई अनुमति दिन हतार गर्न नहुने बताएको छ । अहिले विभिन्न देशले बनाएका खोप परीक्षणकै क्रममा रहेकाले तत्काल अनुमति दिन नहुने बताएको हो ।
कोरोना विरुद्धको खोपलाई मन्जुरी दिने प्रक्रियालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको डब्ल्यूएचओका मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले बताएका छन् ।
उनले भने, ‘सबै देशहरुले ट्रायल पूरा नभए पनि औषधिलाई मन्जुरी दिने अधिकार राख्छन् तर यो कुनै हल्कामा लिने खालको काम होइन ।’
अहिले विभिन्न देशका ३३ भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ भने १४३ खोप अझै पनि प्री–क्लिनिकल इभोलुसनको चरणमा छन् । त्यसैले अहिले नै खोपको मान्यता दिन नहुँने डब्ल्यूएचओको भनाई छ ।
यसका साथै कोरोना संक्रतिको संख्या बढीरहेका देशहरुलाई तत्काल लकडाउन नहटाउन पनि अनुरोध गरेको छ ।










