
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि सुरु भएको बिषयमा पार्टीका आन्तरिक विवाद, राष्ट्रिय सभाको रिक्तमा मनोनित लगायतका बिषयमा छलफल भइरहेको छ ।
बैठकमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि समेत छलफल भइरहेको बताइएको छ ।
अर्थमन्त्री तथा सरकारका प्रवक्ता युवराज खतिवडाको कार्यकाल सकिन केहि घण्टा बाँकी रहँदा पुनः खतिवडालाइ नै निरन्तरता दिने वा वामदेव गौतमलाई राष्ट्रिय सभामा ल्याउने भन्नेबारे अध्यक्षद्वय ओली र प्रचण्डबीच सहमती भइसकेको छैन ।












