
चितवन । चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये ७३ जना भरतपुर महानगरपालिकाका रहेका छन् । त्यस्तै कालिका नगरपालिकाका ८, खैरहनीका ४ र रत्ननगरका २ जना रहेका छन् ।
पछिल्लो समय चितवनमा कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ ।












