आफ्नै बस भित्र विष सेवन गरी आत्महत्या 

दाङ । आफ्नै बस भित्र विष सेवन गरी दाङमा एक पुरुषले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा सल्यानको शारदा नगरपालिका १३ का ३४ वर्षीय भरत बस्नेत रहेका छन् ।

उनले दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको आफ्नै बस भित्रै विष सेवन गरि शुक्रबार आत्महत्या गरेका प्रहरीले जनाएको छ । पार्किङ गरेर राखेको रा १ ख २१२२ नम्वरको बस भित्र शुक्रवार मध्यान्ह १२ बजेतिर विष सेवन गरेका उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल पुर्‍याए पनि बाटोमै मृत्यु भइसकेको बताइएको छ ।

मृतक बस्नेत आफै चालक र साहु हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । धेरैले लकडाउनका कारण गाडी नचेलेपछि समस्या भएर आत्महत्या गरेको हुनसक्ने अुनमान लगाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार