
बुटवल । बाढीले बगाएर बेपत्ता भएका विद्युत प्राधिकरण बाणगंगा जितपुर शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेलको शव भेटिएको छ । पौडेलको शव शुक्रबार कपिलवस्तु नगरपालिका ६ सक्रहवामा भेटिएको हो ।
तीन दिनअघि कपिलवस्तुको कोइली नदीमा बाढीले जिप बगाउँदा उनी बेपत्ता भएका थिए । पौडेल विद्युत कार्यालय बाणगंगा–जितपुर फिडर शाखाका प्रमुख थिए ।
पौडेलसँगै नदीमा बेपत्ता तीन जना मध्ये जिपचालक गुल्मीका माधवप्रसाद पाण्डेको बुधबार साँझ र अर्घाखाँचीका केशव भाट क्षेत्रीको बिहीबार शव भेटिएको थियो ।











