
झापा । झापामा गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अर्जुनधारा ५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम दनुवार रहेका छन्।
उनीहरुले शनिबार बिहान ८ बजे गोरु काटेर खाएको प्रहरीले जनाएको छ । उनीहरुले गोरु काटेर खाएको र गोरुको टाउको र खुट्टा नजिकै रहेको उखुबारीमा गाडेको भनी स्थानीयले प्रहरीमा उजुरी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुमाथि अनुसन्धान गरी कानुनी कारवाही गरिने प्रहरीले जनाएको छ ।










