२४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १६ हजार ५ सय ३१ जनामा गरिएको कोरोना परीक्षणमा थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ५२२ जना कोरोना निको भई घर फर्किएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार