कांग्रेसले यस वर्ष चियापान नगर्ने


काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान नगर्ने भएको छ ।
हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसबर्ष स्थगित गर्ने निर्णय भएको काँग्रेसले जनाएको छ ।
कोरोना महामारीका कारण चियापान कार्यक्रम यो वर्ष नगरिने निर्णय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

२०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन हरेक बर्ष चियापान कार्यक्रम गर्दै आएको छ ।
त्यस्तै अन्य राजनीतिक दलहरुले पनि कोरोना महामारीका कारण यसबर्ष दशै-तिहार शुभकामना तथा चियापान कार्यक्रम नगर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार