संसद विघटनविरुद्धको रिटमा हस्ताक्षर गर्ने नेपाल पक्षका २३ सांसद को को हुन् ?

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल समुहका २३ सांसदले संसद विघटनविरुद्धको रिटमा हस्ताक्षर गरेका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका हुन् ।

नेपाल पक्षबाट ३० सांसदले हस्ताक्षर गर्ने भनिएपनि विविध कारणले अहिले २३ जनाले हस्ताक्षर गरेको सांसद विरोध खतिवडाले जानकारी दिए । उनकाअनुसार केही सांसदलाई कोरोना संक्रमण भएको र केहीलाई सन्चो नभएकाले उपस्थित हुन नसकेको का हुन् ।

यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी राष्ट्रपतिसमक्ष पत्र दर्ता गर्दा हस्ताक्षर गरेका सांसद गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडी पनि रिटमा हस्ताक्षरगर्न उपस्थित भएका छैनन् ।
विपक्षी दलहरु रिटका लागि सम्पुर्ण कागजात तयार गरेर केहिबेरमा सर्वोच्च जादैछन् ।

रिटका लागि नेपाल समूहबाट हस्ताक्षर गर्नेहरू सांसदहरुः

१) माधव नेपाल

२) झलनाथ खनाल

३) घनश्याम भुसाल

४) सोमप्रसाद पाण्डे

५) कृष्णलाल महर्जन

६) सुरेन्द्र पाण्डे

७) भीम रावल

८) विरोध खतिवडा

९) झपट रावल

१०) दीपकप्रकाश भट्ट

११) निरादेवी जैरू

१२) लक्ष्मी चौधरी

१३) कलिला खातुन

१४) रामकुमारी झाँक्री

१५) कल्याणी खड्का

१६) पुष्पा कर्ण कायस्थ

१७) भवानीप्रसाद खापुङ

१८) जीवनराम श्रेष्ठ

१९) सरलाकुमारी यादव

२०) मुकुन्द न्यौपाने

२१) मेटमणि चौधरी

२२) यज्ञ सुनुवार

२३) नारायण खतिवडा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार