
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजेबाट सुरु भएको बताइएको छ ।
मंगलबार प्रधानमन्त्री नियुक्त भएका काँग्रेस सभापति शेर बहादुर देउवाले आज बिहान मात्रै बालुवाटार प्रवेश गरेका थिए । उनले आजै बालुवाटारमा काँग्रेस पदाधिकारीको बैठक बोलाएका हुन् ।
बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् भने पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको बताइएको छ ।














