काठमाडौं । पाकिस्तानी सेनाले भारतका ५ फाइटर जेट खसालेको दाबी गरेको छ।
पाकिस्तानका सैन्य प्रवक्ता अहमद शरीफ चौधरीले भारतले गएराती गरेको आक्रमणमा पाकिस्तानी सेनाले भारतका ५ फाइटर जेट खसालेको दाबी गरेका हुन् ।
उनले भारतका ५ वटा फाइटर विमान जसमा तीन राफेल, एक एसयू–३० र एक मिग–२९ र एक हेरोन ड्रोन पनि खसालिएको संचारमाध्यमलाई जानकारी दिएका छन् । प्रवक्ताले चौधरीले रोयटर्सद्वारा सार्वजनिक गरिएको भिडियोमा यस्तो दावी गरेका हुन् ।
तर भारतले पाकिस्तानको यस दाबीबारे अहिलेसम्म कुनै प्रतिकृया दिएको छैन।
यस्तै पाकिस्तानले भारतीय सेनाको ब्रिगेड मुख्यालय नष्ट गरेको तस्बिरहरु सोसल मिडियामा सार्वजनिक भइरहेको बिषयमा भने भारतको प्रेस सूचना ब्यूरो (पीआईडी) झुटो भन्दै खण्डन गरेको छ ।