नेपाल समुहबिनै एमालेको केन्द्रीय समिति बैठक जारी, देउवालाई मत दिने सांसदमाथि कारवाही हुने


काठमाडौं । नेकपा एमालेको १० औं केन्द्रीय समिति बैठकमा छलफल जारी छ । सोमबार बिहानदेखि ललितपुरस्थित तुलसीलाल आमात्य प्रतिष्ठानमा जारी बैठकमा पार्टीको विधान अधिवेशन, पार्टीको ह्वीप उलङ्घन गर्ने नेतालाई कारवाही लगायतका विषयमा छलफल भइरहेको बताइएको ।

जारी बैठकमा एमालेको माधव नेपाल र झलनाथ खनाल समुह भने सहभागी छैन् । हिजो प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टीको ह्वीप तोड्दै नेपाल समुह र ओली समुहका २२ सांसदले विश्वासको मत दिएका थिए ।

पार्टीको ह्वीप तोड्ने एमाले सांसदलाई कारवाही गर्ने बिषयमा बैठकमा छलफल भइरहेको छ । एमालेमा आन्तरिक पार्टी विवाद चरम उत्कर्षमा पुगेको छ । नेताहरुले पार्टी एकताको संभावना टरेको समेत बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार