भगवानको काख नै मेरो मृत्युशैया बनेपछि
मेरा बाले भनिहाले भने “अब त्रिशूलमा भरोसा छैन”
धर्मविरोधीको ट्याग नलगाइदिनू
आँफरमा बजारिएका पाखुराहरू
आज तिनै हतियार बोकेर
बहुला नाच देखाउँदैछन् भने
कृपया, मेरा बालाई नभनिदिनू पागल
आज तिनै हतियार बोकेर
बहुला नाच देखाउँदैछन् भने
कृपया, मेरा बालाई नभनिदिनू पागल
नभनिदिनू हिंसात्मक
जन्मिनुपूर्व नै पाइहाल्ने
‘जात र औकात’ को नागरिकता खारेज गर्न
माग गरे भने
नभनिदिनू कानून विरोधी
‘जात र औकात’ को नागरिकता खारेज गर्न
माग गरे भने
नभनिदिनू कानून विरोधी
सुदूरमा जन्मिनु पाप हो
छोरी जन्माउनु श्राप हो
महिला भएर बाहिर निस्किनु अझै ठूलो
कानूनको उपहास हो भनिरहेछन् भने
नभनिदिनू महिलालाई बलात्कृत हुने ३३ प्रतिशत आरक्षण छ
नभनिदिनू,
‘दलित’ की छोरीलाई झन् दोहोरो आरक्षण छ ।
छोरी जन्माउनु श्राप हो
महिला भएर बाहिर निस्किनु अझै ठूलो
कानूनको उपहास हो भनिरहेछन् भने
नभनिदिनू महिलालाई बलात्कृत हुने ३३ प्रतिशत आरक्षण छ
नभनिदिनू,
‘दलित’ की छोरीलाई झन् दोहोरो आरक्षण छ ।