नेकपा एमाले समाजवादी दल दर्ताका लागि माधव नेपालले दिए निर्वाचन आयोगमा निवेदन


काठमाडौं । माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेकपा एमाले विभाजन गरेको नेपाल समूहले नयाँ दल नेकपा एमाले समाजवादी दर्ताका लागि आयोगमा निवेदन दिएको हो ।

निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिन नेपाल समूहका नेताहरु आयोग पुगेका थिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशतले दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा एमाले बाट नेपाल समूह अलग भएको हो ।

नेता नेपाल अध्यक्ष रहेको दलमा झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । त्यस्तै एमालेका ५८ केन्द्रीय सदस्य रहेका छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी गठन गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार