चर्चित टिभी रियालिटी शो ‘नेपाल आइडल’का निर्णायक परिवर्तन, नयां टीम यस्तो छ


काठमाडौं । नेपालको चर्चित टिभी रियालिटी शो ‘नेपाल आइडल’ का निर्णायक परिवर्तन भएका छन् । फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरिएका हुन् ।

नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान रहेका छन् ।

ढिलै भएपनि नेपाल आइडलमा जोडिन पाउँदा आफुहरुलाई खुशी लागेको र उत्कृष्ट प्रतिभा खोज्ने प्रयास रहने नयां निर्णायकहरुको भनाई छ। नेपाल आइडल सीजन-४ मा आसिफ शाहका साथमा होस्टका रुपमा टिकटक स्टार तथा मोडेल रेस्मा घिमिरेलाई देख्न मिल्नेछ ।

आइडलको सुरुदेखि सीजन-३ सम्मका निर्णायक न्ह्‍यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि नयां निर्णायकहरु छानिएको व्यवस्थापन समितिले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार