
काठमाडौं । नायिका प्रियंका कार्की आमा बनेकी छिन् । प्रियंकाले सामाजिक संजालमार्फत आफु आमा बनेको जानकारी दिएकी हुन् । सामाजिक संजालमा प्रियंकाले यो सुन्दर संसारमा छोरी आयंका कार्की जोशीलाई स्वागत छ भनेर लेखेकी छिन् ।
सार्वजनिक गरिएको तस्वीरमा प्रियंका र उनका श्रीमान आयुष्मान देशराज जोशी खुशी देखिन्छन ।
नायिका र आयुष्मानको २०७६ साल फागुण १६ गते बिबाह गरेको थिए । गर्भवती भएपछि प्रियंकाले सामाजिक संजालमा पोष्ट गरेका तस्वीरहरुले निकै चर्चा समेत पाएको थियो ।









