एकीकृत समाजवादीले पदाधिकारी टुंगो लगायो, महासचिवमा भुसाल,सचिवमा झाक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पदाधिकारी टुंगो लगाएको छ । बिहीबार सचिवालय बैठकले पदाधिकारीको टुंगो लगाएको हो । बैठकले पार्टी महासचिवमा बेदुराम भुसाल र सचिवमा युवा नेत्री रामकुमारी झाक्रीलाई चयन गरेको छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पार्टीमा चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिव पदको ब्यवस्था गर्दै पार्टी उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राईलाई चयन गरेको छ।

उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल रहेका छन् । सचिवमा झाक्रीसहित केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा र नागेन्द्रप्रसाद चौधरी भएका छन् ।

सचिवालयले टुंगो लगाएका यी पदाधिकारीहरुलाई जारी केन्द्रीय कमिटीको बैठकले अनुमोदन गर्नेछ । बैठक नयां बानेश्वरमा जारी रहेको नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार