उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत


काठमाठौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आज बिहान बालुवाटार पुगेर हमालले देउवालाई बुझाएको राजीनामापत्र स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि हमालले नैतिकताका आधारमा मन्त्री पदबाट राजीना दिएका हुन् । उनि २२ असोजमा मन्त्री नियुक्त भएका थिए । उनको नियुक्तीबारे चौतर्फी विरोध भएपछि पदमा बसिरहन नैतिकताले नदिने भन्दै हमालले आज प्रधानमन्त्री देउवासमक्ष राजीना पत्र बुझाएका थिए । नियुक्तीका बिषयमा विवाद भएपछि देउवा स्वयमले उनलाई राजीनामा गर्न लगाएका थिए ।

हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका व्यक्ति हुन् । काँग्रेसको नियुक्ती भन्दा पनि प्रधानन्यायाधीश जबराको कोटाबाट मन्त्रीनियुक्त गरिएको भन्दै चर्को आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार