ड्रग्स केसमा जेल परेका शाहरुख खानका छोरा आर्यन आज २७ दिनपछि रिहा, भव्य स्वागत


काठमाडौं । ड्रग्स केसमा जेल परेका शाहरुख खानका छोरा आर्यन खान आज २७ दिनपछि रिहा भएका छन् । आज मुम्बईको आर्थर रोड जेलबाट रिहा भएर उनि बिहान साढे ११ बजे घर पुगेका हुन् ।

छोरा आर्यनलाई लिन शाहरुख खान आफै आर्थर रोड पुगेका थिए । उनलाई बाजागाजासहित भव्य स्वागत गरिएको थियो । लागूऔषध नियन्त्रण ब्युरो९एनसीबी० ले अक्टोबर २ मा आर्यनलाई लागूऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको थियो । यस प्रकरणमा एनसीबीले आर्यनसहित २० जनालाई पक्राउ गरेको थियो । आर्यनसँग लागूऔषध नभेटिए पनि उनको ह्वाट्सएप च्याटअनुसार लागूऔषध तस्करीमा संलग्न भएको हुनसक्ने एनसीबीको आरोप थियो ।

आर्यनको पक्षमा अदालतमा नरेन्द्र मोदी सरकारको महान्यायाधिवक्ता रहेका मुकुल रोहतगीले बहस गरेका थिए । त्यस्तै अभिनेत्री जुही चावलाले आर्यनको ‘बेल बोन्ड’ मा हस्ताक्षर गरेकी थिइन् ।

अदालतले विभिन्न १४ सर्त पालना गर्ने गरी आर्यनलाई धरौटीमा रिहा गरेको हो । ती सर्त उल्लंघन भए जमानत रद्द हुने पनि अदालतले बताएको छ ।

आर्यनलाई बिहीबार नै मुम्बई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको भएपनि प्रक्रिया पूरा नभएको कारण आज रिहा गरिएको हो । बलिउडका कलाकार र आफन्तहरु बेलाबखत यस्ता केसमा पर्ने गरेका खबरहरु आइरहन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार