पल शाहलाई पक्राउ गर्न सबै प्रहरी युनिटमा सर्कुलर, विषेश टोली परिचालन


काठमाडौ । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई सर्कुलर गरेको छ।

अभिनेता शाहविरुद्ध एकजना गायिकाले बलात्कारको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दर्ता गरेपछि उनलाई पक्राउ गर्न सबै प्रहरी युनिटलाई सूचना गरिएको हो । शाहबिरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता भइसकेको छ ।

जाहेरी दर्तापछि अभिनेता शाह काठमाडौ उपत्यकामै लुकेर बसेको आशंका भएकाले खोजेर पक्राउ गर्न महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर भक्तपुर, उपत्यकाका सबै वृत्तहरूमा सूचना भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीको विशेष टोलीले अभिनेता शाहको खोजी गरिरहेको बताइएको छ। अभिनेता शाहले आफुविरुद्ध सुनियोजित षड्यन्त्र भएको बताइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार