नायिका रेखा थापालाई युट्युबमा तथानाम गालीगलौज गरेपछि प्रहरीमा उजुरी

काठमाडौं । नायिका रेखा थापालाई युट्युबमा तथानाम गालीगलौज गरेपछि प्रहरीमा उजुरी परेको छ । युट्युबमा नायिका थापालाई गालीगलौच गरेको भन्दै उनकी दिदी तारा राणाले आज दिउँसो नेपाल प्रहरीको साइबर ब्युरोमा कारवाही माग गर्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

शर्मिला वाइबा लगायतले युट्युब र सामाजिकसंजालमार्फत तथानाम गालीगलौच गरेकाले उनिमाथि कनुनवमोजिम कारवाहीको माग गर्दै निवेदन परेको साइबर ब्युरोले जनाएको छ । निवेदन उपर अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नायक पल शाह र एक जना नाबालिका भनिएकी गायिकाबीचको बलात्कार घटनाबारे नायिका थापाले सामाजिक संजालमा आफ्नो धारणा राखेपछि उनिमाथि गायिको पक्ष लिएको आरोप लागेको छ । नायिका रेखाको उक्त अभिब्यक्तिलाई लिएर पलका कतिपय समर्थकले उनको कडा विरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार