
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदैछ ।
काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा दुई दिनसम्म चल्ने बैठकमा केन्द्रिय नेताहरुको सहभागिता रहनेछ ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाले पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजना समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदनमाथि गहन नेताबीच छलफल हुने बताइएको छ ।
बैठकमा पार्टीले आगामी स्थानीय तह निर्वाचनमा कसरी जाने भन्ने बिषयमा समेत गघन छलफल हुने नेताहरुको भनाई छ ।








