
काठमाडौँ । नेपाली कांग्रेसले स्थानिय चुनावका लागि चार दिनभित्र उम्मेदवारको नाम सिफरीस गर्न निर्देशन गरेको छ ।
वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट चार दिनभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न काँंग्रेसले निर्देशन गरेको हो ।
कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै बैशाख २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन गरिएको काँग्रेस प्रवक्ता प्रकाशशरण महत बताए ।
उनकाअनुसार पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्षरउपाध्यक्ष र मेयररउपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्नु पर्नेछ ।
कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका , नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ, नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ ।










