
काठमाडौं । चर्चित कलाकारहरुद्धारा अभिनित नयां नेपाली गीत लैजाउ लैजाउ सार्वजनिक भएको छ । नेभर माइण्ड रेष्ट्रो काठमाडौंको प्रस्तुतीमा निर्माण भएको उक्त गीतलाई आज एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
अर्जुन पोखरेलको शब्द, संगीत र एरेन्जर रहेको लैजाउ लैजाउ बोलको गीतमा प्रविन बेडवाल र अनिता चलाउनेले श्वरवद्ध गरेका छन् ।
गीतमा लोकपृय कलाकार आरएन सिग्देल, केकी अधिकारी, आकाश श्रेष्ठ, रुविना थापा र रमा शाहीको मुख्य अभिनय रहेको छ ।
अनिता चलाउने नामक युट्युबबाट सार्वजनिक भएको गीतको भिडियो डिरेक्सन र कोरियोग्राफ रामजी लामिछानेले गरेका हुन् ।
गीतको अर्को भाग पनि आउने र उक्त गीतको सुटिङ दुबईका रमणियस्थलहरुमा गरिने नेभर माइण्ड रेष्ट्रोकी संचालक तथा प्रोडुसर रमा शाहीले जानकारी दिइन् ।
गीतको भिडियो










