ए डिभिजन लिगमा आज दुई खेल हुँदै, आर्मी र फ्रेण्ड्स, संकटा र च्यासल क्लब भिड्दै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । पहिलो खेल दिउँसो १२ बजे त्रिभुवन आर्मी क्लब र फ्रेण्ड्स क्लबबीच एन्फा कम्प्लेक्समा हुनेछ ।

त्यसैगरी अर्को खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो साढे २ बजे संकटा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्दा हुनेछ ।
लिगमा १४ क्लबको सहभागिता छ । विजेताले लिग ट्रफीसहित नगद ५० लाख हात पार्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार