सत्ता गठबन्धनमा लिने र दिने कुरा ‘विन विन’ हुनुपर्छ, हेप्ने कुरा हुन्न: काँग्रेस नेता साउद (भिडियोसहित)


काठमाडौंं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री एनपी साउदले सत्ता गठबन्धनमा लिने र दिने कुरा विन विन हुनुपर्ने बताएका छन् ।
सत्ता गठबन्धन बिशेष परिस्थितीमा निमार्ण भएकाले कोहि ठगिने र अन्यायमा पर्न नहुने उनको भनाई छ ।

अनमोलपोस्टसंग बिशेष कुराकानी गर्दै नेता साउदले भने, “गठबन्धन भन्ने बित्तिकै सत्ता साझेदारीको कुरा हुन्छ । हामीसंग भएको साधन स्रोतको पनि साझेदारी हुन्छ, मतको पनि साझेदारी हुन्छ, सुविधाको पनि साझेदारी हुन्छ । त्यस कारण गठबन्धनमा साझेदारी गर्दा केहि कुरा लिनुपर्छ, केहि कुरा दिनुपर्छ र लिने र दिने कुराको अवस्था भने विन विन हुनुपर्छ । कसैले आफु ठगिएको, न्यायबाट बञ्चित भएको अनुभुती राख्नु हुंदैन् ।”

नेता साउदले अघिल्लो स्थानिय निर्वाचनमा काँग्रेसले चितवनको भरतपुरमा माओवादीसंग गरेको गठबन्धनले प्रतिफल दिएको समेत बताए । चितवनमा भएको गठबन्धनले माओवादीसंगको सहकार्यलाई सजिलो बनाइदिएको उनको भनाई छ । माओवादी अध्यक्ष प्रचण्डले काँग्रेससंग कम विचारहरु मिलेपनि संगै मिलेर जनताको पक्षमा काम गर्न सकिने उदाहरण स्थिापित गरेको नेता साउदले बताए ।

यहि बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा पनि भरतपुरमा माओवादीसंगको गठबन्धन सफल हुने उनले दावी गरे । गठबन्धनका बिषयमा स्थानिय काँग्रेस प्रतिनिधिहरुले राखेको धारणा स्वभाविक भएपनि अहिले गठबन्धन जोगाएर जानुको विकल्प नरहेको उनको भनाई छ ।
कुराकानीका क्रममा नेता साउदले गठबन्धन दलहरु भित्रका गुट उपगुटहरुको आन्तरीक किचलोका कारण पनि चुनावी भागबण्डामा केहि कठिनाई देखिएको स्विकार गरे ।

आसन्न निर्वाचनमा काँग्रेस सबै भन्दा ठुलो दल हुने र सरकारको नेतृत्वले निरन्तरता रहने समेत उनले बताए ।

बैशाख ३० मा हुने स्थानिय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपालाई सहभागी गराउन केहि दिन निर्वाचन सार्दा फरक नपर्ने बताए । विप्लवको पार्टी शान्तिपुर्ण राजनीतिमा आउनु असल भएको भन्दै उनले राष्ट्रिय सहमती गरेर केहि दिन निर्वाचन सार्न सकिने बताए ।

भिडियो पनि हेरौं

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार