स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ को मृत्यु, १२ जना घाइते


काठमाडौं । स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका १४ पञ्चमूल अर्खलबासस्थित सिख्रेबाट वालिङतर्फ मतदाता बोकेर जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएका् छ ।

मृतकहरुको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । उनकाअनुसार घाइते एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र ११ जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार