मेलिना राईले आफ्नो इङ्गेजमेन्ट तोड्नुको कारण यस्तो बताइन्


काठमाडौं । चर्चित गायिका मेलिना राईले आफ्नो इङ्गेजमेन्ट तोड्नुको कारण बताएकी छन् ।
सामाजिकसंजालमार्फत गायिका राईले आफुले इङ्गेजमेन्ट तोड्नुको कारण समाजमा रहेको पितृसत्तात्मक सोच भएको खुलासा गरेकी छन् । फेसबुकमा केहिबेरअघि स्टाटस लेख्दै गायिका राईले समाजमा व्याप्त जातीय विभेदका बिरुद्ध आफुले पहिलो निर्णयमा अन्तरजातिय विवाहका लागि इङ्गेजमेन्ट गरेको बताएकी छन् ।

“मेरो पहिलो निर्णय- समाजमा विधमान जातीय विभेदको विरुद्धमा थियो। मेरो दोश्रो निर्णय- पितृसत्तात्मक सोचको विरुद्धमा हो।
मेरो विचारमा मान्छे मान्छे विचमा हुने सबैखाले अन्यायको अन्त्य हुनुपर्छ । समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ”, गायिका राईले स्टाटसमा लेखेकी छन् ।

उनले दश दिन अघिमात्रै आफुले इङ्गेजमेन्ट तोडेको जानकारी पनि फेसबुक स्टाटसमार्फत नै दिएकी थिइन् । दुईबर्ष अघि संजिव बराइलीसंग इङ्गेजमेन्ट गरेपनि गत वैशाख २ गते मात्रै उनिहरुले त्यो खबर सार्वजनिक गरेका थिए । एरेन्जर तथा गिटारिस्ट समेत रहेका सञ्जीवले भने आफ्नो सम्बन्धका पछिल्ला घटनाहरुबारे कुनै प्रतिकृया दिएका छैनन् ।

तर, उनिहरुको ब्रेकअप हुनुमा जातीयता कारण रहेको धेरैले अनुमान गरेपनि गायिका राईले आज सार्वजनिक गरेको धारणाले त्यसलाई चिरेको छ । संजिव र मेलिनाको ब्रेकअप कुनै जातीयततको कारण नभई एक अर्काबीचको बुझाई र आत्मसम्मानमा अन्तर रहेको मेलिनाको स्टाटसले प्रष्ट पार्छ ।

यो भिडियो पनि हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार