महिलाले नुहाउदा, धारा खोल्दा पिसाब फेर्नु हुँदैन्, किन ? थाहा पाउनुस


हाम्रो जिवनका कतिपय आनीबानीहरु हामीलाई राम्रै लागेपनि त्यसले थाहै नदिई स्वास्थ्यमा गम्भिर असर पारिरहेका हुन्छन् । कतिपय ठाउँमा त्यस्ता आनीबानीले हाम्रो बेइजती पनि हुन सक्छ । ति हामीलाई राम्रै र सामान्य लागेको आनीबानीमध्ये नुहाउँदा पिसाब फेर्ने बानीका बिषयमा केहि गम्भिर कुरा अनुसंन्धानबाट पत्ता लागेको छ । नुहाउँदा महिला र पुरुष दुबैमा पिसाब फेर्ने बानी भएपनि त्यसले बढि असर महिलामा गर्ने देखिएको छ ।

धारा, वाथरुम, नदि, खोला, स्वीमिङ पुलमा नुहाईरहेको वा पौडी खेलिरहेको बेला पिसाब फेरिदिने धेरैको बानी हुन्छ। यस्तो बानी स्वास्थ्यका लागि निकै खराब भएको अनुसंन्धानमा पाइएको छ । हामी स्वयमलाई यो बानी खराब हो भन्ने लागेपनि छुटाउनेतर्फ ध्यान दिनौं ।

यस्तो बानी एकैचोटी भन्दा पनि गर्दा गर्दै पर्ने हुन्छ । विशेषगरी स्वीमिङ पुलमा त्यसरी पिसाब फेर्के गरेका कारण आजभोली अधिकांस स्वीमिङ पुलमा पिसाब फेर्ने मानिस पक्रिनका लागि त्यस्तो केमिकल राखिएको हुन्छ, जसले पिसाब फेर्ने बित्तिकै जानकारी दिनेगर्छ । त्यसरी कुनै मानिस स्वीमिङ पुलमा पिसाब फेरिरहेको समातियो भने के होला ? लाजले भुतुक्कै भइन्छ होला !

त्यसरी स्वीमिङ पुलमा पिसाब फेर्नेजस्तै अर्को खराब बानीका रुपमा नुहाइरहेको बेला पिसाब फेर्ने पनि हो। हामीलाई लाग्न सक्छ नुहाउँदा पिसाब फेर्नु त सामान्य होनी ! तर यसले स्वास्थ्यमा असर गर्दछ भन्ने यो जानकारी निकै उपयोगी छ ।

महिलाले नुहाउने बेला किन पिसाब फेर्नु हुँदैन ?
नुहाउदा धेरै महिलाको पिसाब फेर्ने बानी हुन्छ । त्यो बानी परिसकेकाले धारा, नदी, वाथरुम, स्वीमिङ पुलमा पनि सहजै गर्दिछन् । तर, त्यसरी पिसाब फेर्नुलाई एकजना एलिसिया नामकी डाक्टरले गलत भनेकी छन् । उनले सामाजिकसंजाल टिकटकमा यसबारे एक भिडियो राख्दै महिलाहरूले नुहाउने बेलामा किन पिसाब फेर्नु हुँदैन भनेकी छन् ।

महिलाहरूले बगिरहेको पानीको तल उभिएर पिसाब फेर्ने बानीले महिलामा विभिन्न स्वास्थ्य समस्या आउन सक्ने डा. एलिसियाले बताएकी छन्। पिसाब र चलिरहेको पानीको आवाजको बीचको सम्बन्ध महिलाका लागि भविष्यमा महँगो पर्ने उनको भनाई छ।

नुहाउने बेला, धारा खोलिरहेको बेला पिसाब फेर्ने बानी पर्‍यो भने तपाईंलाई भाँडा माझ्नका लागि धारा खोलेको बेलासमेत पिसाब फेर्न मन लाग्नेछ । यसबाट तपाईंलाई पानी चलाउनुपर्ने अन्य विभिन्न काम गर्दासमेत पिसाब लाग्ने समस्याको सिर्जना हुनसक्ने डा. एलिसियाले भनेकी छन् । फिजिकल थेरापी डाक्टरसमेत रहेकी एलिसियाले शेयर गरेको उक्त भिडियोलाई लाखौंले निकै उपयोगी भनेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार