खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ट्रक त्रिशूली नदी किनारमा खस्दा आगलागी


काठमाडौं । खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ट्रक त्रिशूली नदी किनारमा खस्दा आगलागी भएको छ ।
विराटनगरबाट खाने तेल लिएर काठमाडौँ आउँदै गरेको ना ५ ख ५९५५ नम्बरको ट्रक पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरे खेतमा सडकबाट त्रिशुली नदी किनारमा खस्दा ट्रकमा आगलागी भएको हो ।

प्रहरीकाअनुसार ट्रक सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खसेको छ ।
ट्रकमा लागेको आगो सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिइसकेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रण गर्न सफल भएकाले कुनै मानवीय क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । घटनाको कारणबारे ट्रक चालक लगायतसंग सोधपुछ भइरहेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार