नेहालाई दाइजोको निहुँमा घरबाट निकालेको भन्दै श्रीमान् पंकज पक्राउ


महोत्तरी । आफ्नै श्रीमति नेहालाई दाइजोको बिषयमा कुटपिट गर्दै भर निकाला गरेको आरोपमा महोत्तरीको रामगोपालपुर–५ का डा पंकज चौधरी पक्राउ परेका छन् ।

दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घरबाट निकालेको जाहेरीका आधारमा महोत्तरी प्रहरीले उनलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखिएको छ ।

श्रीमान् चौधरीविरुद्ध नेहाले एक साताअघि घरेलु हिंसा र दाइजोविरुद्धका दुई मुद्दा दर्ता गरेकी थिइन् । तीन वर्षको प्रेम पश्चात गत फागुनमा महोत्तरीकै औरही नगरपालिका १ की नेहा र डा पंकजबीच सामाजिक परम्परा अनुसार विवाह भएको थियो । पछि पंकजले दाइजोको बिषयमा नेहालाई पटक पटक कुटपिट गरेको र पछि घरबाटै निकाला गरेको भन्दै नेहा न्याय माग्दै प्रहरीमा पुगेकी थिइन् ।

पर्याप्त दाइजो नदिएको निहुँमा श्रीमान् र उनको परिवारका सदस्यले शारीरिक तथा मानसिक यातना दिएको नेहाको उजुरीमा उल्लेख छ ।
उजुरीउपर आवश्यक अनुसंन्धान गरी कानुनअनुसार कारवाही प्रकृया अघि बढ्ने प्रहरीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार