सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा मन्दिरका मानमहन्त पक्राउ

महोत्तरी। किर्ते हस्ताक्षर गरेर बैंकबाट ७० लाख झिकेको आरोपमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास पक्राउ परेका छन् । रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको किर्ते हस्ताक्षर गरि बैंकबाट ७० लाख रुपैयाँ झिकेको आरोपमा मन्दिरका मानमहन्त दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आज बिहान पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष पोखरेलले बताएका छन्। रोक्का रहेको बैंक खाताबाट उनले झिकेको रकमबारे आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पोखरेलले
बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार