काठमाडौं । विन्ध्यवासिनी म्युजिक प्रालीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय साइबर व्युरोले जनाएको छ। रेग्मी थाइल्याण्डबाट स्वदेश फर्केका थिए। आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
उनीविरूद्ध आचार्यसहित ४ जना कलाकारले उजुरी दिएका थिए । रेग्मीले सामाजिक सञ्जालमामार्फत् विभिन्न कलाकारविरूद्ध अश्लिल गाली गर्ने,अपशब्द प्रयोग गर्ने र कलाकारहरूको चरित्रहत्या गरेको उजुरीमा उल्लेख छ। रेग्मी र गायक प्रमोद खरेलबीच पनि गीतका बिषयमा विवाद रहँदै आएको छ ।