अभिनेता शाहरुख खानको घरमा जबरजस्ती घुस्ने फ्यानहरु, प्रहरीद्धारा मुद्धा दायर


बलिउड सुपरस्टार शाहरूख खानको मुम्बईस्थित घर मन्नतमा दुईजना अपरिचीत ब्यक्ति बरजस्ती घुसेका छन्।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार गएराती साढे ९ बजेतीर घरको पर्खाल नाघेर दुईजना अपरिचीत ब्यक्ति शाहरूखको घरमा घुसेका थिए। घरमा खटिएका सुरक्षाकर्मीले उनीहरूलाई समातेर मुम्बई प्रहरीलाई बुझाएका छन् । ६ तला रहेको भवनको दोस्रो तलामा शाहरुखको परिवार बस्छ । शाहरुखले यो घर सन् २००१ मा किनेका थिए ।

मुम्बई पुलिसले सोधपुछ गर्दा उनिहरुले आफुहरु शाहरूखको ठुलो फ्यान भएको र शाहरुखलाई भेट्न गुजरातको सुरतबाट आएको बताएका थिए । पक्राउ परेका उनिहरुको उमेर अन्दाजी २४ बर्ष रहेको प्रहरीको भनाई छ । मुम्बई पुलिसले उनीहरूविरूद्ध कसैको निजी सम्पत्तिमा बिनाकारण छिरेको अभियोगमा उजुरी दर्ता गरेको छ।

फ्यानहरु घरमा जबरजस्ती घुसेको बेला अभिनेता शाहरुख खान भने घरमा नभएको प्रहरीले जनाएको छ । अभिनेता शाहरूखको पछिल्लो फिल्म ‘पठान’ ले विश्वभरबाट १ हजार करोड भारूभन्दा बढी कमाई गरेपछि उनि अहिले निकै चर्चामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार