
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्कली शैक्षिक प्रमाणपत्र छानबिनका नाममा पक्राउ परेका कांग्रेस सांसद सुनील शर्माको बचाउमा उत्रेका छन्। आज पार्टी कार्यालय च्यासलमा एमालेले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले सांसद शर्माको बचाउमा उत्रिएका हुन् ।उनले सांसद शर्मालाई पक्राउ नै नगर्नु पर्ने समेत बताए । अध्यक्ष ओलीले सांसद शर्मा देशै छोडेर जान लागेका थिए र ? भन्दै प्रश्न पनि गरे।
उनले सांसद शर्मालाई उनकै पार्टीका कार्यकर्ताबाट उजुरी हलाएर गिरफ्तार गरिएको समेत दावी गरे । हस्पिटल संचालन गरेका शर्मा देशै छोडेर जान नसक्ने भन्दै उनलाइृ पक्राउ गर्नु गलत भएको बताए । सांसद शर्मालाई नक्कली सर्टिफिकेट छानविनका लागि प्रहरीले बिहीबार पक्राउ गरेको थियो भने उनलाई रिहा गरियोस भन्दै परेको निवेदनमा जिल्ला अदालत काठमाडौंले अर्को दिन रिहा गर्न आदेश दिएपछि रिहा भएका थिए ।
सांसद शर्माले साउन १० गते प्रतिनिधिसभा बैठकमा एक कुन्टल सुन बरामद भएको बिषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा। प्रकाशशरण महतको राजीनामा मागेका थिए । उनले राजीनामा मागेको बिषयलाई लिएर काँग्रेसभित्रै आलोचना भएको थियो भने एमाले सांसदहरुले संसदमै उनको सर्मथन गरेका थिए ।
थुनामुक्त भए लगत्तै ओलीलाई ‘बा’ भन्दै प्रशंसा गरेका शर्मा बाल्कोटमा










