अमेरिकाको डिभी त्यागेर सुन पसल खोलेका रोशनलाई नायिका केकीको साथ, एक महिनासम्म विशेष अफर


काठमाडौं । नायिका केकी अधिकारीले सुन पसलको भव्य उद्घाटन गरेकी छन् । पुरानो वानेश्वर चोकस्थित ओम लक्ष्मी ज्वेलर्सको बिहीबार नायिका अधिकारीले रिबन काटेर उद्घाटन गरेकी हुन् ।

उनले नेपालमै केहि गरौ भन्ने युवाहरुलाई राज्यले प्रोत्साहन गर्नु पर्ने बताइन् । देशमा बेरोजगारीका कारण युवाहरु विदेशिने क्रम बढिरहेका बेला केहि युवाहरुले नेपालमै विभिन्न व्यवसाय गर्नु निकै सकारात्मक पक्ष भएकाले सबैले साथ र हौसला दिनुपर्ने नायिका अधिकारीको भनाई थियो । आफ्नो क्षेत्रबाट पनि युवाहरुलाई स्वरोजगार बन्नका साथै हौसला र प्रेरणा दिने कार्य गर्दै आएको नायिका अधिकारी बताइन् ।

युवा व्यवसायी रोशन घिमिरेले इटहरीमा रहेको आफ्नो पसलको काठमाडौं शाखाका रुपमा पुरानो वानेश्वर चोकमा सुनचाँदी पसल संचालन गरेको जानकारी दिए ।

उनले पसल उद्घाटनको उपलक्ष्यमा एक महिनाभरी ग्राहकहरुलाई गहना निर्माणमा ज्याला निशुल्क गरिने समेत घोषणा गरेका छन् । अमेरिकाको डिभी त्यागेर नेपालमै केहि गरौं भनेर सुन व्यवसायमा लागेको घिमिरेले बताए । नेपालमा पनि गर्नेहरुका लागि विभिन्न उपाय र अवसरहरु रहेको बताउँदै उनले युवाहरुले सधैं विदेश जाने सपना नदेखेर नेपालमै स्वरोजगारमा लाग्न प्रेरणा समेत दिए ।
घिमिरेले आफ्नो पसलबाट ग्यारेन्टीका साथ सुन चाँदीका गर गहनाहरु निमार्ण र खरिद विक्री हुने जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार