काठमाडौं । आजदेखि नयां वर्ष २०८२ सुरु भएको छ । विक्रम संवत्का रुपमा मनाइने नयां वर्षमा सुख शान्ति, समृद्धीको कामना गर्दै एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ ।
नयाँ वर्ष सुरु भएको दिनको अवसरमा आज वैशाख १ गते सार्वजनिक बिदा दिइएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायत राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती, प्रगति, समृद्धीको कामना गरेका छन् ।